काठमाडौं, असार १४ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ स्थित बिर्तामा बस दुर्घटना भएको छ । लिखु तामाकोशीबाट मन्थलीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् ।




घाइतेहरुलाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको रामेछापका डीएसपी प्रदिप कुमार सिंहले जानकारी दिए ।


