काठमाडौं । खोटाङको रावा बेंसी गाउँपालिकाले ५० वर्ष पुगेका अविवाहित महिलालाई जीवन निर्वाह भत्ता प्रदान गर्ने भएको छ ।


आइतबार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१ / ०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ५० वर्ष पुगेका अविवाहित महिलालाई भत्ता दिने निर्णय गरेको हो । अघिल्लो आर्थिक वर्षबाट गाउँपालिकाले ४५ वर्ष पुगेका विधुर पुरुषलाई मासिक १५ सय भत्ता दिँदै आएको छ ।


उक्त कार्यक्रमलाई गाउँपालिकाले निरन्तरता दिएको छ । आगामी आर्थिक वर्षबाट ५० वर्ष पुगेका अविवाहित महिलालाई पनि मासिक १५ सय भत्ता दिने गरी नीति कार्यक्रम तथा बजेट ल्याएको हो ।