बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका स्थित दोदोधारा अस्पतालमा एक दिवसिय निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आज सम्पन्न भएको छ ।




बर्दगोरिया गाउँपालिका कैलालीको सहयोगमा विश्व हिन्दु परिषद नेपाल,धनगढी नगर समिति कैलालीको आयोजनामा आज शनिबारका दिन निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।




शिविरमा कन्सल्टेण्ड रेडियोलोजिस्ट डा. अशोक राज पन्त, हाडजोर्नी तथा मेरुदण्ड विषेशज्ञ डाक्टर ज्ञानेन्द्र जोशी, पेट,छाती,मुटु,सुगर,दम रोग सम्बन्धि विषेशज्ञ डाक्टर विकास रिजाल ,स्त्रीरोग तथा प्रसुती विषेशज्ञ डाक्टर जगदीश चन्द्र विष्ट लगाएतको विशेषज्ञ टोलिद्वारा परामर्श सेवा प्रदान गरिएको थियो ।




आज संचालित उक्त शिविरमा महिला र पुरुष गरि जम्मा ४ सय ४४ जनाले सेवा लिएको आयोजक विश्व हिन्दु परिषद नेपालका महेन्द्र पन्तले जानकारी दिनुभएकोछ ।


