काठमाडौँ । गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा तथा पदस्थापन गरेको छ।

CP-HOSPITAL

सहसचिव रामचन्द्र तिवारीलाई सुनसरीको प्रजिअमा पदस्थापन गरिएको छ। कञ्चनपुरमा नारायण प्रसाद सापकोटा, मकवानपुरमा तिर्थराज चिलुवाल, अरुण पोखरेललाई नवलपरासी पूर्व र विष्णुप्रसाद कोइरालालाई पाँचथरको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ।

पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठलाई पठाइएको छ। धादिङमा राजेन्द्रदेव पाण्डे, काभ्रेमा सूर्य प्रसाद सेढाईं, बर्दियामा रुद्रादेवी शर्मा, इलाममा कल्पना श्रेष्ठ, चितवनमा ईन्द्रदेव यादव र सिन्धुपाल्चोकमा भुपेन्द्र थापालाई सरुवा गरिएको छ । भोजपुरमा नरबहादुर थापा र सर्लाहीमा गोपाल कुमार अधिकारीलाई पठाइएको छ।

भरतमणि पाण्डेलाई कास्की र मेख बहादुर मग्रातीलाई सप्तरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। उप-प्रधान एवं गृहमन्त्री रवि लामिछानेले बुधवार प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन्। गृह मन्त्रालय अन्तर्गत प्रजिअहरुसहित २५ जना सहसचिवहरूको सरुवा तथा पदस्थापन गरिएको छ।