बौनिया । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का बिपन्न, एकल महिला,मुक्त कमैया ,कमलरीहरुलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने उद्देश्यले उन्नत जातका बाख्रा वितरण गरिएको छ । ६ नम्बर वडाका बिपन्न, एकल महिला,मुक्त कमैया ,कमलरीहरुका लागि सुदुरपस्चिम प्रदेश सरकारको समन्वयमा भेटरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र धनगढीको सहयोगमा निःशुल्क बाख्रा वितरण गरिएको हो ।  


 
सुदुरपस्चिम सरकारका निबर्तमान भुमी,ब्यवस्था ,कृषि तथा सहकारी मन्त्री मननिय मन्त्री रामेश्वर चौधरीले बर्दगोरिया ६ नम्बर वडामा लालिगुराश समुहका १० जना एकल महिला, बिपन्न परिवारलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्य राखेर बाख्रा वितरण गरिएको बताए । वडाको लालिगुराश समुहका एकल महिला बिपन्न परिवारलाई एक–एकवटा बाख्रा निःशुल्क वितरण गरिएको उनले जानकारी दिए ।
 
उनका अनुसार प्रदेश सरकारले बाख्रा निःशुल्क वितरण गरेपछि लाभग्राही महिला हर्षित भएका छन् । भेटरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र  कार्यालयबाट बाख्रा पाएपछि राहतको महसुस गरेका एकल महिलाले थोरै भए पनि प्रदेश सरकारले दिएको सहयोगले दैनिकी चलाउन टेवा पुग्ने बताएका छन् । 


 
प्रदेश सरकारले विभिन्न क्षेत्रमा लगानी गरिरहेको बताउदै पुर्ब मन्त्री चौधरिले आफुले पाएका बाख्रालाई आफ्नो जिबिको पार्जनमा टेवा पुग्ने गरि काम गर्न आग्रह गरे । 
 
कार्यक्रममा बोल्दै वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारुले सबै महिलाहरुलाई आफ्नो जिबिको पार्जनका लागि पाएका बाख्राहरुलाई स्यार सुसार गरि आम्दानी गर्न सकिने बताए ।


लालिगुरास समुहका अध्यक्ष गणेश बिस्वकर्माको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी सुदुरपस्चिम सरकारका निबर्तमान मन्त्री रामेश्वर चौधरी रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथी बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण चौधरी रहनु भएको थियो ।