बौनिया । नागरिक उन्मुक्ति पार्टीका नेता र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ । शनिबार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरी सहितका नेताहरुले प्रधानमन्त्री प्रचण्ड लाई भेटेर सरकारमा जाने संकेत गरेका हुन । ‘प्रधानमन्त्री ज्युले एक मन्त्रालय सहित सरकारमा आउनका लागि आग्रह गर्नुभयो ।




नयाँ गठबन्धनलाई हामीले विश्वासको मत पनि दिएका छौं, विश्वासको मत दिनुभनेको सरकारमा जानकै लागि हो । हाम्रो पार्टी सरकारमा जान सकारात्मक छ’ उन्मुक्तिका एकजना नेताले भने ।




उनले, लुम्बिनी र सुदूरपश्चिममा पनि नयाँ गठबन्धनलाई सहयोग गर्ने बताए । छलफलमा नागरिक उन्मुुक्तिका संस्थापक नेता तथा टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले भेटवार्ता सकारात्मक भएको बताए ।
फागुन २१ पछि बनेको नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्नेबारे सकारात्मक छलफल भएको डंगौराले जानकारी दिए ।






