बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ भित्रका करिब २० जना अपाङ्गता भएका ब्यक्तिलाई आईतवार सहयोग सामग्री वितरण गरिएको छ ।




जनजागरण अपाङ्गता सेवा समाजको अध्यक्ष भिम कुश्मी स्वगत मन्तव्य सगै सुरु भएको कार्यक्रमका प्रमुख अथिती बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवर, बिशिस्ट अतिथि उपाध्यक्ष गणेश राज गिरि (लालदीप) , वडा नम्बर ६ का वडा अध्यक्ष राम कृष्ण ड्गौरा ,वडा सदस्य नेहा कठरिया ,धनशारा सुनार , अमार दहित , हितमत कठ्यात लगाएतको उपस्थिति रहेका थिएजनजागरण अपाङ्ग सेवा समाज र वडा नम्बर ६ को समन्वय मा वडा नम्बर ६ भित्रका अपाङ्गता भएका ब्यक्तिको सहजताका लागि हृविलचियर, वाकर, सेतो छडी, फोल्डिङ्ग छडी लगायतका विभिन्न सामाग्री वितरण गरेको हो ।




सहयोग सामग्री हस्तान्तरण गर्दै अध्यक्ष कुँवरले अपाङगता भएका ब्यक्तिलाई स्वरोजगार बनाउन र समाजमा स्थापित गराउन पालिकाले योजना बनाइरहेको बताए । गाउँपालिका भित्र रहेका अपाङ्गताको पहिचान गर्ने काम भइरहेको भन्दै अध्यक्ष कुँवरले अपाङगता भएका ब्यक्तिको अवस्था हेरेर त्यसैअनुसारको क्षमता अभिवृद्धि र प्रोत्साहनको अभियानलाई अघि बढाउने बताए । साथै अध्यक्ष कुँवरले भने अपाङ्ग ,असाय र बृद्धअवस्था भएका व्यक्तिका लागी आफुले पालिकाबाट पाउने तलब सुबिधा नलिने र उनिहरुको आय आर्जन र सेवा सुबिधामा खर्च गर्ने छु ।




कार्यक्रममा उपाध्यक्ष गणेश राज गिरिले अपांगता भएका ब्यक्तीहरुका लागि गाउँपालिकाका काम गर्न तयार रहेको भन्दै यस क्षेत्रमा लागिरहेका संघसंस्थालाई समन्वयकारी भूमिका खेल्न आग्रह गरे । कार्यक्रममा जनजागरण अपाङ्ग समाजका अध्यक्ष भिम कुश्मिले अपांगता भएका ब्यक्तिले अन्य नागरिक सरह नै बाच्न सक्ने अधिकार रहेको भन्दै उनीहरुको सहजताका लागि पालिकाको वडा नम्बर ६ ले सामग्री उपलब्ध गराएको बताए । वडा नम्बर ६ का अध्यक्ष राम कृष्ण डगौरा थारुले अपांगता भएका नागरिकका लागि राज्य अझै गम्भिर हुन जरुरी रहेको बताउदै थोरै सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग सामाग्री हस्तान्तरण गरेको बताए । कार्यक्रममा ४ जनालाई हृविलचियर, ११ जनालाई सेतो छडी, ३ जनालाई फोल्डिङ्ग छडी, २ जनालाई बैशाखी, २ जनालाई वाकर लगायतको सामग्री वितरण गरिएको वडा अध्यक्ष राम कृष्ण डगौरा थारुले जानकारी दिए ।


