साउन १४, कैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिका ६ मा रहेको श्री नवज्योति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १८औँ चुनावी वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्याम नारायण डगौराको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर र विशिष्ट अतिथिमा ६ नम्बर वडा अध्यक्ष राम कृष्ण डगौरा थारु रहेका थिए ।

CP-HOSPITAL

साधारणसभामा संस्थाका शेयर सदस्य, सञ्चालक समिति, लेखा समिति, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सभामा संस्थाका सचिव डबल भुलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२ ८३ को कुल ११ लाख ६७ हजार ५ सय ८५ रुपैयाँ २८ पैसा बराबरको वार्षिक आय–व्यय विवरण तथा प्रगति प्रतिवेदन प्रस्तुत गरी छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको थियो।

साधारणसभामा सहभागी शेयर सदस्यहरूले संस्थाले विगतमा गरेका उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा अझ पारदर्शी, उत्तरदायी र सेवामुखी ढंगले कार्य गर्न सुझाव दिएका थिए। कार्यक्रममा बर्षभरी नियमित रुपमा बिद्युत महशुल बुझाउने ५० जना ग्राहकहरुलाई उपहार स्वरुप टर्च लाईट पनि प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले ग्रामीण क्षेत्रमा भरपर्दो, गुणस्तरीय र सुरक्षित विद्युत सेवा प्रवाह गर्न सहकारी संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा सेवा विस्तार, विद्युत चुहावट नियन्त्रण, ग्राहक सेवा सुधार तथा संस्थागत सुशासनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए।

यसैगरी सभाले आजै संस्थाको नयाँ कार्यसमिति पनि चयन गरेकोछ जसको अध्यक्षमा पुनस् श्याम नारायण डगौरा उपाध्यक्षमा सीताराम चौधरी कोषाध्यक्षमा ईश्वरी चौधरी सचिवमा खगेश्वरी बम मल्ल सर्वसहमतिले निर्वाचित भएका छन् यस्तै सदस्यहरुमा तेतराम चौधरी, जगतराम चौधरी भागमती देवी चौधरी चयन भएका छन् ।

लेखा तथा सुपरिवेक्षण समिति संयोजकमा गीता राम डगौरा सदस्यमा हरेन्द्र चौधरी र मान बहादुर चन्द चयन भएका छन् । सल्लाहकार समितिमा नरेश बहादुर डगौरा अमर सिंह दहित र अनिल कुमार बम चयन भएका छन् ।