काठमाण्डौ । पहिरो खस्दा मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ।



शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा पहिरो खसेको हो। पहिरो खसेसँगै राजमार्ग दुबै तर्फ अवरूद्ध भएको मुग्लिनका ट्राफिक इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए ।




पहिरोले मानवीय क्षति नगरेपनि चौपायलाई पुरेको आशंका छ। यद्यपि यकिन भइसकेको छैन।
अवरूद्ध भएको सडक खुलाउन ८-९ घण्टा लाग्ने उनले बताए।