काठमाण्डौ । राष्ट्रिय थारु कलाकार मञ्चको प्रथम महाधिवेशन बाट अध्यक्षमा वीरबहादुर चौधरी (विनय वैद्य) सर्वसम्मत चयन भएका छन् ।




शनिबार देखि चितवनको सौराहामा सुरू भएको अधिवेशनले अध्यक्ष चौधरीसहित १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएकोछ । कार्यसमितिको अन्य पदाधिकारीमा क्रमशः वरिष्ठ उपाध्यक्षमा रोशन रत्गैंया चौधरी (दाङ), उपाध्यक्षमा लक्ष्मीकान्त चौधरी (बारा) र समीक्षा चौधरी (कैलाली), महासचिवमा बिजयकुमार चौधरी (सप्तरी), सचिवमा राधा कृष्ण (आरके) चौधरी (बर्दिया) र अनुमा चौधरी (उदयपुर), कोषाध्यक्षमा अन्जु चौधरी (काठमाडौं) चयन भएका छन् ।


यसैगरी सदस्यमा क्रमशः राज कुश्मी (बर्दिया), सोनु कुश्मी (कैलाली), मनिष चौधरी (सिरहा), अमृता चौधरी (बाँके), नरेश जोगी (कैलाली), वीरबहादुर चौधरी (कैलाली), अञ्जु चौधरी (कैलाली), गणेश चौधरी (रुपन्देही) र राजनकुमार चौधरी (रौतहट) चयन भएका छन् । महाधिवेशनको भुमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले उद्घाटन गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष चौधरीको अनुसार मञ्चको २६ जिल्लामा कार्य समिति गठन भैसकेकोछ । महाधिवेशनको लागि संगठन विस्तार भएको जिल्लाबाट पाँच जना प्रतिनिधि र एक जना पर्यवेक्षक सहभागी भएको वहाँले बताउनु भयो । पाँच वर्ष अघि गठन भएको मञ्चले संगठन बिस्तार गर्नुका साथै नेतृत्व विकास, थारु भाषा, कला र संस्कृतिको संरक्षण, संवद्र्धन गर्ने र थारु समुदायमा भएको प्राचीन सम्पदा बचाउनमा पनि सकृय रहेको उनले बताए ।














