के. आर . पाण्डेय, भजनी । कैलालीको भजनीमा सिमसार दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । हरेक वर्ष फेब्रुअरी २ मा मनाईने सिमसार दिवस यसवर्ष “मानव हितकाे आधार” भन्ने मूल नाराका साथ भजनीमा पनि विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइएको हो ।




सिमसार क्षेत्रको संरक्षण र विकास मार्फत पर्यटनको विकास गर्न सकिने डल्फिन ,जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोज राज ढुङ्गानाले बताउनु भएको छ। सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ।



जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ। सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्त्वपूर्ण बासस्थान हो।उक्त सिमसार दिवसको अवसरमा ओम प्रसाद पाण्डेले ,गणेश वि क , देविकला ढुंगाना, ईन्द्र र धमालाले लगाएतले शुभकामना मन्तब्य राख्नु भएकाे थियो।



कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्ण लाल धमालाले स्वागत् मन्तब्य राखेका थिए ।उक्त कार्यक्रमका सभाध्यक्षतामा DABC नेपालका अध्यक्ष भोज राज ढुंगाना रहनु भएको थियो।भने कार्यक्रमका संचालन DABC नेपालका सचिव नरेन्द्र प्रसाद रेग्मी गर्नु भएको थियो ।


