खेम राज पाण्डेय, भजनी । कैलालीको भजनी नगरपालिका वडा नं.८ गोडचौराको वडा कार्यालय भवन शिलान्यास गरिएको छ। भवन अभाबका कारण जनतालाई दिने सेवामा समस्या व्यहोर्दै आएको भजनी नगरपालिका–८ नम्बर वडा कार्यालयको नयाँ भवन निर्माण हुने भएको छ ।

CP-HOSPITAL

तत्कालका लागि काम काज चालाउँदै आएको कार्यालय परिसरमा निर्माण हुने नयाँ भवनको वडा अध्यक्ष पंकज चौधरीज्यूले मंगलबार शिलान्यास गर्नुभएको हो। यस भजनी नगरपालिकाको लगानीमा निर्माण हुन एक तल्ले भवनको आज शिलान्यास गरिएको हो।