के. आर. पाण्डेय भजनी । “निजी तथा आवासीय बिद्यालय एक हौं “भन्ने मुल नाराका साथ भजनी नगरपालिकामा निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन( प्याब्सन) भजनी पालिका स्तरीय अन्तर बिद्यालय खेलकुद प्रतियोगिता २०८० को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपाल भजनी पालिका कमिटीकोआयोजनामा भएको हो। उद्घाटन कार्यक्रममा प्याब्सन भजनी पालिकाका संयोजक राज बुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन केन्द्रिय सदस्य डिल्ली राम बोहरा प्रमुख अतिथि रहनु भएको कार्यक्रममा पुर्ब प्याब्सन केन्द्रिय सदस्य तथा भानु मेमोरियल इङलिस बोर्डिङ स्कुल भजनीका संस्थापक प्रीन्सिपल राम प्रसाद शर्मा बिशिष्ट अतिथि, प्याब्सन कैलाली जिल्ला बरिष्ठ उपाध्यक्ष डिल्ली राज देबकोटा,कर्मेश्वर माध्यमिक बिद्यालय कुटीका अध्यक्ष कुम्भ कडायत, केदारेश्वर अधारभुत बिद्यालय चकुलियाका प्रधानाध्यापक पदम बहादुर शाही, नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखाका सभापति राम नारायण चौधरी, माओवादी केन्द्र पार्टीका जगत बिक,भजनी पालिका अन्तरगतका निजी तथा आवासीय बिद्यालयका सम्पूर्ण संस्थापक प्रिन्सिपल, पत्रकार लगायतका अतिथिहरुको उपस्थितिमा खेलकुद कार्यक्रमको उद्घाटन भएको थियो।

खेलकुद कार्यक्रममा भजनी नगरपालिका भित्रका निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन( प्याब्सन) अन्तर गतका ८ बिद्यालयहरुको सहभागिता रहेको छ । माघ १० गते देखि सुरु भएको खेलकुद कार्यक्रम माघ १२ गते सम्म संचालन हुने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रम सञ्चालन डम्मर दत्त जैशीले गर्नु भएको थियो ।