जोशीपुर । कैलालीको जोशिपुर गाउँपालिकामा ४५ दिने आधारभुत बारबर अपग्रेड तालिम आज सम्पन्न भएको छ ।व्यावसायिक तथा सीप विकास तालीम केन्द्रको आयोजना जोशीपुर गाउँपालिकाको सहकार्यमा २०८० जेठ १ देखि अषाढ १५ गते सम्म जाेशिपुर पालिकामा उक्त ४५ दिने बारबर अपग्रेड तालिमको सुरुवात भएको थियोे ।





समापन कार्यक्रम आज बुधबार जोशिपुर गाउँपालिका भवनको सभाहलमा जोशिपुर गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती सुदुरपस्चिम प्रदेश सरकार सामाजिक विकास मान्त्रलायका उप-सचिव गणेश बहादुर सिह , विशिष्ट अतिथी सीप विकास केन्द्रका प्रमुख भुवन पन्त ,जोशीपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मर्शाल पन्त , प्रशासन सहायक अधिकृत मीन राज कठरिया रहेका थिए । अबिनाश चौधरीको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा ७ वटै वडा बाट जम्मा १८ जना प्रशिक्षार्थीहरुको सहभागि रहेको थियो । यस्तै १८ प्रशिक्षार्थीहरुको सहभागि लाई १पिस कुर्सी सलुनको १ सेत समान हरु वितरण गरेको हो । भने तालिमको प्रशिक्षण बर्दगोरिया गाउँपालिका वडा नम्बर २ का एम बहादुर थारु चौधरी गर्नु भएको थियो ।समापन कार्यक्रमको उद्घाटन गर्दै जोशिपुर गाउँपालिका का अध्यक्ष चित्र चौधरीले यो ४५ दिने बारबर अपग्रेड तालिममा अनुशासित रूपमा सहभागी भइ सफलता पुर्वक तालीम हासिल गर्नु भएकोमा सहभागीहरुलाई धेरै धेरै बधाइ सहित धन्यवाद दिए ।




४५ दिनमा आफुले सिकेको सिप व्यवहारीक जिवनमा लागु गरी आफ्नो आर्थिक स्तर उन्नति गर्न समेत सहभागी हरुमा अनुरोध गरे । यस्तै व्यबसय खोल्नुस थोरै आफ्नो पनि लागानी गर्नुस किनभने अफुले गरेको लागानीमा पसल खोल्द जोश जागर आउँछ अदि कसैले तपाईंहरुको पसल खोल दियो भने राम्रो सग पसलमा आउन अथवा हेरचाह गर्न मन लग्दैन यस्तै आ व ०८०/८१ मा थप बजेत थपेर अझै तालिमको लागि पहल गर्ने पनि बताउनु भयो । यश कार्यक्रमलाई सुशिलाा डेउवाले सन्चालन गर्नु भएकोे थियो ।






