बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा पौष २९ गते आईतवार आज विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति हुने भएको छ ।

मेलामा पौष २९ गते बिधालय स्तरिय नृत्य प्रतियोगिता संगै चर्चित कलाकारहरूको प्रस्तुति रहने कलाकार संयोजक वीर चौधरीले जानकारी दिए ।

बर्दगोरिया बिकास क्षेत्र तथा संरक्षण मञ्चको आयोजनामा भइ रहेको बर्दगोरिया धार्मिक पर्यटकीय स्सस्कृतिक माघी मेलामा पौष २९ गते चर्चित थारु गायक रमेष मिशन,आधुनिक गायक भरत ताम्राकार , चर्चित डान्सर सदिच्छा चौधरी , नेहल्जा चौधरी लगाएत स्थानिय डान्स एकएडेमिका प्रस्तुति हरु रहने छन ।

विगत २१ सय वर्षदेखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन, रामलीला पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

माघी मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको विकास, प्रचारप्रसार र पहिचानको संरक्षणका साथै आन्तरिक पर्यटनलाई प्रबर्द्धन गर्ने गरि मेलाको आयोजना गरिएको हो ।