बर्दगोरिया । नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड र बर्दगोरिया गाउँपालिका दोदोधरा अस्पताल बिच स्वास्थ्य बिमा सम्बन्धि सम्झौता भएको छ । स्वास्थ्य बिमा बोर्डका तर्फबाट कार्यकारी निर्देशक डा. मदन कुमार उपाध्याय र बर्दगोरिया दोदोधरा अस्पतालका तर्फ बाट डा. तिर्थ ढुङ्गानाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।



नागरिकलाइ स्वास्थ बिमा मार्फत निशुल्क उपचार गर्न शुक्रवार एक कार्यक्रमका बिच स्वास्थ्य बिमा बोर्ड कार्यालय बबरमहल काठमाडौमा बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष सहितको टोलिले सम्झौता गरिएको उपाध्यक्ष गणेश राज गिरिले जानकारी दिए ।

जनतालाई घर आगनमा स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यले संचालन गरिएको १५ शैया दोदोधरा अस्पतालमा नियमित स्वास्थ्य परिक्षण गराउनेको भिड लाग्ने गरेको छ ।
बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरको निरन्तरताले अब उपरान्त यश क्षेत्रमा स्वास्थ्य बिमा गराएका नागरिकले घर आगनमै स्वास्थ्य सेवा पाउने छन ।
यतिखेर सामुदायिक अस्पतालमा नागरिकको बढ्दो विश्वसनीयताका कारण दोदोधरा अस्पतालमा गर्भवती गराउने सहित सेवा लिनेको चाप बढ्न थालेको हो ।
दोदोधरा अस्पतालमा २ जना विशेषज्ञ डाक्टर सहित करिब ३ दर्जन बढी स्वास्थ्यकर्मीहरुले सेवा दिदै आईरहेका छन । दोदोधरा अस्पताल २४ घण्टा संचालनमा आएको छ ।
अस्पतालमा दैनिक १ सयको हाराहारीमा सेवा लिनेको भिड लाग्ने गरेको छ । दोदोधरा अस्पतालमा अहिले सामान्य जरो देखि डेङ्यु, टाईफाईड का बिरामिहरु आउने गरेका छन ।
दोदोधरा अस्पतालले आफ्नो छुट्टै ल्याब सहित ईसिजी संचालनमा ल्याएको छ भने एक्सरे मेसिन समेत जडान गरि सेवालाई थप प्रभावकारी बनाएको छ । अहिले दोदोधरा अस्पतालमा ९८ प्रकारका औषधि निशुल्क रुपमा पाईने गरेको छ ।
पालिका अध्यक्ष कर्ण बहादुर कुँवरले भन्नुभयो यस क्षेत्रमा बसोबास गर्ने सबै जनताले अब उपरान्त स्वास्थ्य सेवा लिन अन्यत्र जान पर्दैन । हामि जनताको सेवा गर्न आएका हौ त्यसैले हामिले जनतालाई घराअगनमै सेवा पुगोस भन्ने उद्देश्य अनुरुप दोदोधरा अस्पताल निर्माण संगै स्वास्थ्य बिमा कार्यक्रमलाई तिब्रता दिदा आज सफल भएका छौ ।
















