धनगढी। धनगढीमा बसपार्क निर्माणका लागि डिपिआर तयार गरिएको छ । धनगढी उपमहानगरपालिका-३ मा बसपार्क निर्माणका लागि डिपिआर तयार गरिएको हो ।


नगरप्रमुख गोपाल हमालका अनुसार नगर विकास कोष र उप–महानगरपालिकाको वित्तीय लगानीमा निर्माणका लागि प्रस्तावित बस पार्कको डिपिआर तयार भएको छ ।




शहरी विकास तथा प्राविधिक महाशाखा प्रमुख इन्जिनियर दिजराज भट्टले लागत रकम भने अझै निक्र्यौल भइनसकेको बताए ।