के. आर. पाण्डेय भजनी । कैलालीको भजनीमा वर्ल्ड भिजन ईन्टर नेश्नल नेपाल र विकाशका लागि युवा एक्यवद्धता ( YARD) धनगढीको साझेदारीमा कैलाली जिल्लाको भजनी र टिकापुर नगरपालिकामा सञ्चालित समाबेशि तथा गुणस्तरीय शिक्षा परियोजना अन्तर्रगत भजनीका ४ वटा विद्यालय महेन्द्र मा.बि. पगियापसार , अमर आधारभुत विद्यालय भजनी ५ नयाँ बस्ती ,गणेशमान आधारभूत विद्यालय चर्रा र कर्मेश्वर मा.बि. कुटीमा विद्यालय स्थरको क्लब गठन गरी बालबालिकाहरुलाई बिपद जोखिम न्यूनीकरण सम्बन्धित अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

CP-HOSPITAL

बिपत बाट हुन सक्ने जोखिम न्यूनिकरण गर्ने तथा बालबालिकाको शिक्षामा सुधार गर्ने उदेश्यले प्रत्येक विद्यालयमा १/१ दिने अभिमुखीकरण गरिएको यार्डका फिल्ड अफिसर पिताम्बर पौडेलले बताए । तालिमको सहजिकरण महेन्द्र माध्यमिक विद्यालयका शिक्षक श्याम बहादुर पौडेल खत्री र गणेशमा आधारभुत विद्यालयका प्रधानाध्यापक जादो लाल रायले गरेका थिए ।