
बौनिया। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच भेटवार्ता भएको छ ।



मंगलबार भएको भेटमा मुख्यमन्त्री शाहले इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका नेपालका १० जना विद्यार्थीको परिवारलाई राहत उपलब्ध गराउन राजदूतलाई आग्रह गरेका छन् ।




त्यस्तै, हमासले बन्दी बनाएका भनिएका कञ्चनपुरका विपिन जोशीको तत्काल उद्धार र परिवारलाई राहतका लागि पनि मुख्यमन्त्रीले राजदूतलाई आग्रह गरेका मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।



‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको डेढ महिना अगाडि हमासको आक्रमणबाट ज्यान गएको थियो ।


