
प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला ब्यापी फुटबल प्रतियोगिता २०८० मा आज सनिवार लिग चरणका अन्तिम तिन खेल हुने भएका छन ।



प्रतियोगितामा आज सनिवार बिहान १० बजे घोडाघोडी नगरपालिका निलोका विरुद्ध लम्की चुहा राजिपुर , दिउँसो १२ बजे धनगढी उपमहानगरपालिकाका विरुद्ध कैलारी गाउँपालिका र दिउँसो २ बजे बर्दगोरिया एस बि वाई सि ए का बिरुद्ध भजनी नगरपालिका बिच खेल हुने आयोजकले जानकारी दिएको छ ।




पालिका स्तरबाटै खेलाडीको उत्पादन ,पहिचान गरि उनीहरूलाई स्वस्थ, अनुशासन र लगनशील भई देशकै प्रतिनिधित्व गर्न प्रेरित गर्ने उदेश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लले जानकारी दिए ।



प्रतियोगिताको विजेता टीमले नगद रु २ लाख १ ह्जार , ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताको दोस्रो हुने टीमले रु १ लाख ५ हजार तथा ट्रफी पाउनेछ ।



यसैगरी प्रतियोगिताकै उत्कृष्ट खेलाडीले नगर रु २० हजार ,उत्कृष्ट गोलरक्षकले रु १५ हजार ,उत्कृष्ट गोलकर्ताले रु १५ हजार, उत्कृष्ट डिफेन्डरले रु १५ हजार तथा प्रतियोगिताकै उदयमान खेलाडीले पनि नगद रु १५ हजारसहित ट्रफी पाउनेछ्न ।