बौनिया ।कैलालीको बर्दगोरिया गाउँपालिकामा पहिलो पटक धान खरिद गर्न सरकारी काटा आज भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रमेश्वर चौधरीले उद्घाटन गरेका छ्न ।




बर्दगोरिया गाउँपालिका १ न वडाका अध्यक्ष मिथुन गौतमको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रमेश्वर चौधरी विशिष्ट अतिथिमा बर्दगोरिया गाउँपालिका उपध्यक्ष गणेशराज गिरी, वडा न २ का अध्यक्ष गोबिन्द बि क वडा न ३ का अध्यक्ष मन्ऋिष अचार्य वडा न ५ का अध्यक्ष भोलेराम चौधरी लगायतका स्थानीय बुद्धीजिबिहरुको उपस्थिति रहेको थियो ।

किसानहरुको समस्या लाई मध्य नजर गर्दै आज बाट गाउँपालिकाको वडा नम्बर ६ पृथ्वीपुरमा धान खरिद हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको निरन्तरको फोलोप र प्रदेश कृषी मन्त्री रामेश्वर चौधरीको विषेश पहलमा धान खरिद गर्ने सरकारी काटा लाग्ने भए पछि किसान भने खुसी भएका छ्न । पालिका अध्यक्ष कुँवरले भने हामिले खाद्य संस्थान सङ्ग अगाडि बाटै धान खरिद गर्ने सरकारी काटा राख्न पहल गरि रहेका थियौ तर खाद्य संस्थानले प्रक्रियामा पठाउदा केही ढिलाई भयो ।

काटा लागेपछि अब भने बर्दगोरिया र आसपासका घोडाघोडी,जोशिपुर साथै लम्कीचुहाका लाई पनि सहज हुने छ । खाद्य संस्थान धनगढीकि प्रमुख इन्जिला बस्नेतले बर्दगोरियामा सरकारी काटा राख्ने प्रक्रियामा कर्मचारी व्यवस्थापन लगायत अन्य कुराले केही ढिलाइ भएको बताइन ।

उनले भनिन कैलालीमा गत कार्तिक १७ गते बाट टिकापुर,सत्ती,भजनी,धनगढी, र यसपालि बाट बर्दगोरियामा सुरु गरेको छौ । सरकारले धान खरिद ढिलो खरिद गर्दा किसान भने ब्यापारी लाई सस्तोमा बेच्न बाध्य छ्न । सरकारले भने किसान सङ्ग गत कार्तिक १७ गते बाट धान खरिद गर्न थालेको हो । यस कार्यक्रम लाई संचालन देबेन्द्र शाहिले गरेका थिए ।













