बौनिया । प्रथम मुख्यमन्त्री पालिका स्तरीय जिल्ला ब्यापी फुटबल प्रतियोगिता २०८० को खेल तालिका सार्बजनिक गरिएको गरिएको छ ।

CP-HOSPITAL

मङ्सिर १३ गते बुधबार वाट सुरु हुने प्रतियोगितामा कैलाली जिल्लाका १३ पालिका मध्य १० पालिकाको सहभागिता रहेको छ । जसमा बर्दगोरिया गाउँपालिकाबाट २, लम्की चुहा नगरपालिकाबाट ४, टिकापुर नगरपालिकाबाट २, जोशिपुर गाउँपालिकाबाट १, भजनी नगरपालिकाबाट १, घोडाघोडी नगरपालिकाबाट २, गौरिगङ्गा नगरपालिकाबाट १ ,गोदावरी नगरपालिकाबाट १ र धनगढी उप महानगरपालिकाबाट १ गरि १६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागिता नहुने पालिकामा जानकी गाउँपालिका, मोहन्याल गाउँपालिका र चुरे गाउँपालिका रहेका छन ।

प्रतियोगितामा सहभागी १६ टिमलाई ४ समुहमा बिभाजन गरिएको छ । जसमा समूह (ए) मा बर्दगोरिया (ए) , लम्की चुहा बि एस फिफ्टिन, घोडाघोडि (बि) र भजनि नगरपालिकाको टिम रहेका छन । यसै गरि समूह (बि) मा कैलारी गाउँपालिका, लम्की चुहा क्याम्बृज, धनगढी उपमहानगर पालिका र टिकापुर नगरपालिका (ए) टिम सहभागी भएका छन । यसैगरी समूह (सि) मा जोशिपुर गाउँपालिका, गोदावरी नगरपालिका , घोडाघोडी (ए) र लम्की चुहा राजिपुर रहेका छन । यसै गरि समूह (डि) मा बर्दगोरिया (बि) ,लम्की चुहा ब्वाइज युनियन , गौरिगङ्गा नगरपालिका र टिकापुर (बि) रहेका छन । आत्मविश्वास,आत्मनिर्भर,स्थानिय पहिचान र स्वास्थ्यका लागी खेल” भन्ने मुल नाराका साथ सुरुहुने प्रतियोगितामा उद्घाटन खेल बर्दगोरिया गाउँपालिकाको (बि) र लम्की चुहा ब्वाइज युनियनका बिच प्रतिस्पर्धा हुने आयोजक कमिटीले जानकारी दिएको छ ।

मंसिर १३ गते उद्घाटन भई प्रथम मुख्यमन्त्री पालिका स्तरिय कैलाली जिल्ला व्यापी फुटबल प्रतियोगित मंसिर २१ गते समापन हुने छ । पालिका स्तरबाटै खेलाडीको उत्पादन ,पहिचान गरि उनीहरूलाई स्वस्थ, अनुशासन र लगनशील भई देशकै प्रतिनिधित्व गर्न प्रेरित गर्ने उदेश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लले जानकारी दिए ।प्रतियोगितामा २० गते महिलाहरुलाई पनि खेलमा आकर्षण र रुचि बढाउन कैलालीका दुई महिलाहरुको टिम पनि खेलाईने आयोजकले जानकारी दिएको छ ।प्रतियोगिताको विजेता टीमले नगद रु २ लाख १ ह्जार , ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताको दोस्रो हुने टीमले रु १ लाख ५ हजार तथा ट्रफी पाउनेछ । यसैगरी प्रतियोगिताकै उत्कृष्ट खेलाडीले नगर रु २० हजार ,उत्कृष्ट गोलरक्षकले रु १५ हजार ,उत्कृष्ट गोलकर्ताले रु १५ हजार, उत्कृष्ट डिफेन्डरले रु १५ हजार तथा प्रतियोगिताकै उदयमान खेलाडीले पनि नगद रु १५ हजारसहित ट्रफी पाउनेछ्न ।