सागर चौधरी /बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा न ५ मा रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ ।

वडा नम्बर -५स्थितकोइलीभुरुवा आधारभुत स्वास्थ्य सेवा केन्द्र मा नेपाल रेडक्रस सोसाइटी टिकापुर शाखाको सहकार्य तथा बर्दगोरिया वडा नं -५ को समन्वयमा बापु बहुआयामिक युवा क्लबको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रम बाट विभिन्न सामाजिक व्यक्तिहरूको रक्तदान बाट १० पिन्ट रगत सङ्कलन भएको जनाइएको छ । आपातकालीन अवस्थामा रहेका बिरामीहरूलाई सहजरुपमा रगतको अभाव केही मात्रामा भए पनि सहज होस् भन्ने उद्देश्यले रक्तदान जीवनदान कार्यक्रमको आयोजना गरिएको बापु बहुआयामिक युवा क्लबका अध्यक्ष रमेश  चौधरीले बताउनु भयो ।