बौनिया। कैलालीको बर्दगोरिया गाउँपालिका १ नम्बर वडा कार्यालयले आर्थिक बर्ष २०८०/०८१ को पहिलो चौमासिक रुपमा भएका सेवा प्रवाहका बारेमा सार्वजनिककिकरण गरेको छ । 

शुक्रबार वडा अध्यक्ष मिथुन गौतमले आर्थिक बर्ष २०८०र०८१ को पहिलो चौमासिकमा वडा बाट भएका सेवा प्रबाहका बारेमा पत्रकार समक्ष सार्बजनिक गर्नुभएको हो । 

वडा अध्यक्ष गौतमले वडा बाट भएका विभिन्न काम ,सेवाका बारेमा जनताले पनि थाहा पाउन भन्ने उद्देश्यले पहिलो चौमासिक ९साउन १गते देखि कार्तिक ३० गते सम्म० मा गरेका सेवा प्रबाहका बारेमा शुक्रबार जानकारी गराउनु भएको हो  । 

वडा नम्बर १ ले पहिलो चौमासिकमा नागरिता सिफारिस ६८, घरबाटो सिफारिस ४३, चार किल्ला प्रमाणित ५४, नाता प्रमाणित ३८, संगोलर अंशियार प्रमाणित १६ , नागरिता प्रतिलिपी सिफारिस ५२, विद्युत जडान सिफारिस ८ घर परिवार , अङ्ग्रेजीमा सिफारिस १२७ र अन्य साधारण सिफारिस २६५ रहेको वडा अध्यक्ष गौतमले जानकारी गराएका थिए । 

यसै गरि वडा नम्बर १ ले एकीकृत सम्पत्ति कर तथा विविध नगदी  तर्फ ५ लाख, ७९ ह्जार, १ सय ,५६ रुपैयाँ संकलन गरेको छ भने रोयल्टी तर्फ बैंकमा दाखिला गरेको रकम २ लाख, २१ ह्जार ५ सय रहेको छ । 

यसै गरि वडा नम्बर १ बाट सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या ७ सय ८० जना रहेका छन । जसमा ५ सय ४ जना महिला र २ सय ७६ जना पुरुष छन । 

यसै गरि वडा बाट व्यक्तिगत घटना दर्ता गराउन आउनेको संख्या १ सय २६ रहेको छ । जसमा सम्बन्ध बिच्छेद ,जन्मदर्ता, ,बसाई सरि आउने र बसाई सरि जानेको संख्या समाबेश गरिएको छ ।