बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा  बुधबार दिया देवारी सांस्कृतिक कार्यक्रम २०८० हुने भएको छ । विगतका वर्षझै यसपालि पनि दशै तिहारको अबसर पारी  भाषा ,कला संस्कृतिके करि सम्मान ,भेषभुषा ,कला संस्कृति हमार पहिचान भन्ने नारासहित बर्दगोरिया ईभेन्ट एण्ड मार्केटिङ प्रालिको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

CP-HOSPITAL

वडा नम्बर ६ स्थित जगतपुरमा हुन गइरहेको सास्कृतिक कार्यक्रमको लागि तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

कार्यक्रमका लागि गेट निर्माण ,मञ्च व्यवस्थापन लगाएतको कार्यक्रम तीब्र पारिएको आयोजक बर्दगोरिया ईभेन्ट एण्ड मार्केटिङका निर्देशक हरेन्द्र चौधरीले जानकारी दिए ।

सांस्कृतिक कार्यक्रममा चर्चित थारु कलाकार (मोडेल) वीर चौधरी, सुमित्रा चौधरी, रन्जु कुश्मी, गाएक ए.के थारु,र्यापर (गाएक) पुजारी, देउडा गाएक संसार धामीको प्रस्तुति देख्न पाइनेछ ।

यसैगरी सास्कृतिक कार्यक्रममा चर्चित टिकटकरका साथै स्थानीय कलाकारको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रम बुधबार दिउँसो साढे ३ बजे उद्घाटन गरिने जनाइएको छ । कार्यक्रमलाई  सुव्यवस्थित सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था कडा पारिनेछ  ।

यसैबीच कार्यक्रमलाई सभ्य तरिकाले सम्पन्न गर्न सहयोग पुर्याउन सबैलाई आयोजक पक्षले आग्रह गरेको छ ।