सागर चौधरी /बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा न ५ मा १ दिने निःशुल्क आँखा शिविर  कार्यक्रम आज सम्पन्न भएको छ ।

पालिकाको वडा नम्बर -५ स्थित वडाको कार्यालयमा  श्रीकृष्ण आँखा अस्पताल टिकापुरको सहकार्य तथा बर्दगोरिया गाउँपालिका वडा नं -५ को  आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो 

आँखा शिविरमा ३२५ जनाले आँखाको जाँच गराई सेवा लिएका छन् सामान्य आँखाको समस्या भएका ७७ जनालाई निःशुल्क चस्मा पनि वितरण गरिएको छ जसमध्ये करिब ४७ जना भन्दा बढीलाई मोटी बिन्दुको समस्या देखिएको छ । मोटी बिन्दुको समस्या भएका विरामीहरुको टीकापुर स्थित श्रीकृष्ण आँखा अस्पतालमा शनिबार निःशुल्क रूपमा सल्यक्रिया गरिने आयोजक वडा नं -५ का अध्यक्ष  भोलेराम  चौधरीले जानकारी दिएका छन् ।