बौनियासुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला जालपादेवी केबलकार निर्माण हुने भएको छ। कैलालीको मोहन्याल गाउँपालिका र लम्किचुहा नगरपालिकामा केबलकारसहित होटल बने भएको हो।

CP-HOSPITAL

यसका लागि जालपादेवी केबलकार परियोजना वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पारिएको छ। आयोजनाले तयार पारेको रिपोर्ट स्वीकृतिका लागि रायसुझाव माग गरिएको छ।

केबलकारको माथिल्लो स्टेशन मोहन्याल गाउँपालिका वडा नम्बर ७ मा पर्ने छ भने तल्लो स्टेशन लम्किचुहा नगरपालिको वडा नम्बर ३ मा पर्ने छ।

केबलकारको लम्बाई ३ दशमलब १ किलोमिटर हुनेछ। केबलकारमा कुल ३४ वटा बक्स सञ्चालन हुनेछ।  प्रतिबक्स यात्रु क्षमता ८ जनाको हुने कम्पनीले जनाएको छ। केबलकारले प्रतिदिन ६ हजार यात्रुलाई सेवा दिन सक्नेछ।

केबलकारको स्पिड प्रति सेकेन्ड ६ मिटरको हुने कम्पनीको दाबी छ।  केबलबारको तल्लो स्टेशनबाट माथिल्लो स्टेशनसम्मको यात्रा अवधि १० मिनेटको हुनेछ। केबलकारको क्याविन दुरी २२५ मिटर हुने छ भने १५ वटा टावर हुनेछ।

केबलकारमा प्रयोग हुने लठ्ठाको व्यास ४८ मीमीको हुनेछ। केबलकारको माथिल्लो र तल्लो स्टेशनमा हुने संरचना आरसीसी हुनेछ। संरचना २ तले बन्नेछ। संरचनाको भुँइ तलामा बोर्डिङ क्षेत्र, अपरेटर रुम,  प्रतिक्षालय, टिकट काउन्टर र अफिस रहने कम्पनीले जनाएको छ। यसैगरी पहिलो तलामा भने रेष्टुराँ, किचेन तथा शौचालय रहने भएको छ।

यसैगरी परियोजनाभित्रै १ सय रुम तथा १ सय ६० बेडको होटल संरचना बन्ने भएको छ। होटलका लागि ३ वटा कमर्सियल भवन बन्ने कम्पनीले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ। भुँइतलासहित ६ तलाको होटल संरचना बन्ने छ। भुँइ तलामा किचन, कफी सप, पार्टी हल, रेष्टुराँ, बैठक हल र शौचालय बन्ने कम्पनीले जनाएको छ।

अन्य तलामा होटलका रुमहरु रहने छ। आयोजनको कुल लागत २ अर्ब ६४ करोड रहने कम्पनीको अनुमान छ।