खेम राज पाण्डेय भजनी । कैलालीको भजनीमा कर्मचारीहरुले भजनी न.पा.लाई पेनडाउनको ज्ञापनपत्र बुझाएका छन् ।

स्थानिय तह कर्मचारी संघर्ष समितिद्वारा ऐक्यबद्धता जनाउँदै नगरपालिका अन्तरगतका सवै कार्यालयमा अत्यावश्यक सेवा वाहेकका अन्य सेवा प्रवाह नगर्ने गरि अनिश्चितकालिन पेन डाउन गर्ने निर्णय भएकोले सोहि बमोजिम हुने व्यहोरा जानकारी गराउँदै नगर प्रमुख केवल चौधरी र प्रमुख प्रशासकीय अधिकृत लक्षमण बहादुर कठायतलाई ज्ञापन पत्र बुझाएका हुन् ।

पत्रमा स्थानिय तह कर्मचारी केन्द्रीय संघर्ष समितिको बैठकको निर्णय अनुसार काठमाडौंमा संचालन भईरहेको वृहत दबाबमूलक कार्यक्रमलाई निरन्तरता दिदै असोज १९ गतेबाट लागुहुने गरि देशभरिका ७ सय ५३ वटै स्थानिय तहमा अत्यावश्यक सेवा वाहेकका अन्य सवै सेवाहरु बन्द गरि स्थानिय तहमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुलाई अनिश्चित कालिन रुपमा पेन डाउन गर्न संघर्ष समितिका संयोजक अनेश श्रेष्ठले जानकारी दिए।