भजनी । वहुउद्देश्यीय बवकास समाज (MPDS) डडेल्धुराले भजनी नगरपालिका – ८ खल्लाटोलका बाढी तथा डुबानबाट प्रभावित सिमान्तकृत समुदायका अति बिपन्न घर परिवारलाई खाद्य तथा पोषण राहत सामाग्री हस्तान्तरण गरेको छ ।

CP-HOSPITAL

बहुउद्देश्यीय बिकास समाजद्धारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

उक्त अवसरमा ६१ घरपरिवारलाई चामल १५२५ केजी ,दाल मिक्स २४४ केजी, नुन १२२ केजी,तेल १२२ लिटर,चिनी १८३ केजी,टुथ पेस्ट १२२ पिस,निलकटहर ६१ पिस,टुथब्रस ३६६ पिस,सेफ्टी प्याड ३०५ प्याकेट,नुहाउने साबुन २४४ पिस,लुगाधुने साबुन ४८८ पिस,लुगाधुने सोडा १२२ प्याकेट,झुल ६१ पिस,पि फम १२२ मिटर,तन्ना ६१ पिस,त्रिपाल ६१ पिस,ब्ल्याङकेट ६१ पिस बितरण गरिएको संस्थाका डिआरआर एक्सपर्ट राजेन्द्र रैका ले जानकारी दिए ।

उक्त सामाग्रीहरु भजनी नगरपालिकाका – ८ का अध्यक्ष पंकज चौधरी र संस्थाका परियोजना संयोजक शिवराज पाठकले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । संस्थाले यसअघि भजनी नगरपालिका वडा नं १,३ र ८ मा ६७ बाढी तथा डुबान प्रभावित घरपरिवारलाई राहत वितरण गरेको थियोे ।