बर्दगोरिया ।  बर्दगोरिया गाउँपालिकामा सम्पन्न अन्तर विद्यालय तिज नृत्य प्रतियोगिताको उपाधी उचाल्न नवलपुर बालबाटिका बिद्या मन्दिर सफल भएको छ । 

CP-HOSPITAL

परसंस्कृतिमा न्यूनीकरण ,तिज गितमा मौलिक जागरण भन्ने नारा सहित बर्दगोरिया साहित्य तथा सास्कृतिक मंचको आयोजनामा  हरितालिका तिजको अवसरमा सम्पन्न प्रतियोगितामा आदर्श सामुदायिक बिद्या मन्दिर दोस्रो स्थान हासिल गर्न सफल भयो । यसै गरि महुन्याल माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भयो । 

सुनिल भण्डारीको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष भरत ताम्राकारको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा  गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थिए।

बिजेता बनेका विद्यालयलाई नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । प्रथम,दोस्रो र तेस्रो स्थान हासिल गर्ने क्रमशः ७ ह्जार पाँच सय ,५ ह्जार पाँच सय र २ ह्जार पाँच सय कार्यक्रमका  बिशिस्ट अतिथि पालिका उपाध्यक्ष गणेश राज गिरिले प्रदान गरेका थिए । 

प्रतियोगितामा बर्दगोरिया गाउँपालिकाका सामुदायिक र संस्थागत गरि ९ विद्यालयको सहभागिता रहेको थोयो ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । विद्यालयमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन सो प्रतियोगिता आयोजना गरिएको संस्थाका  अध्यक्ष भरत ताम्राकारले जानकारी दिए । 

कार्यक्रममा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेबापत महुन्याल माद्यामिक विद्यालयका प्र अ चन्द्रिका जोशि र कलाकार सुनिता पोख्रेललाई सम्मान समेत गरेको थियो । यस  कार्यक्रमलाई संचालन इन्द्रा के सि  गरेका थिए ।